
जापान सरकारले भिसा शुल्कमा मूल्य वृद्धि गर्दै
जापान सरकारले जापानमा बस्ने विदेशी नागरिकहरुद्वारा असुल गर्दै आइरहेको भिसा
जापानको कुनै पनि भिसाका फारमहरू भर्न परेमा अथवा कारण लेख्न परेमा हामी सहयाेग गर्नेछाैं । त्यसो त जापानी पासपोर्ट लिनको लागि पनि सम्पूर्ण सपोर्ट गरिन्छ । लामो समय यसै क्षेत्रमा काम गरेका अनुभवी कर्मचारी हुनुहुन्छ । तपाइँ आफ्नो काम ढुक्कले सेवा लिन सक्नुहुनेछ ।
जापानमा रहेका नेपालीहरूको इ-पासपोर्ट फारम भर्नको लागि सेवा उपलब्ध छ । पासपाेर्टको म्याद सकिएर, हराएर वा बिग्रिएर बनाउन परेमा सम्पर्क गर्नुहोस् । त्यसाे त जापानमा जन्मेको बच्चाको पासपोर्ट फारम तथा फोटो तयारी गरिन्छ । त्यसैगरी जापानमा जन्मेको बालबालिकाहरूको जापानबाटै जन्मदर्ता गर्न परेमा पनि सम्पर्क गर्नुहोस् ।
अमेरिका, क्यानाडा, अस्ट्रेलिया, यूके लगायतका अन्य यूराेपियन मुलुकको भ्रमणको लागि सम्पूर्ण काम गरिन्छ । त्यसो त क्यानाडा वर्किङको लागि जान चाहनेहरू, स्टुडेन्ट भिसामा छोराछोरी विदेश पठाउनको लागि पनि सम्पूरर्ण डकुमेन्टेसनको काम गरिन्छ । ट्रान्सलेसनको काम मात्रै पनि गरिन्छ ।
प्राय सरकारी कामकाजमा आवश्यक परिरहने नेपाली, जापानी, अंग्रेजी भाषाका डकुमेन्टहरू ट्रान्सलेसन गर्नु परेमा हामी कहाँ सेवा उपलब्ध छ । दशक लामो हाम्रो अनुभव र यहाँहरूको आवश्यकता अनुसार परामर्श र ट्रान्सलेसनको काम छिटो छरितो तरिकाले गरिन्छ । सेवाको लागि सम्पर्क गर्नुहोस् ।
रेष्टुरेण्टको मेन्यु चिरासी, पोइन्ट कार्ड, भिजिटिङ कार्ड, खाम्बान डिजाइन तथा प्रिन्टको लागि सम्झनुहोस् । लोगो, होमपेज साथै डिजाइन र प्निन्टिङका सम्पूर्ण सेवा हाम्रोमा उपलब्ध छ । आफ्नो व्यवसायको डिजिटल प्रवर्द्धन गर्नको लागि वेब डिजाइन तथा साेसल मिडिया मार्केटिङ गर्न परेमा सम्पर्क गर्नुहोस् ।
गुणस्तरीय डकुमेन्ट बनाउन परेमा सम्पर्क गर्नुहोस् । जापानमा आफ्नै कम्पनी खडा गरेर व्यवसाय शुरू गर्ने सोच बनाउनु भएको छ भने पनि हामी सहजीकरण गर्छौं । छोराछोरी अध्ययनका लागि विदेश पठाउन हाेस् या नेपालदेखि डिपेन्डेन्टमा जापान बोलाउन, सम्पूर्ण कागजात तयार गर्न हामी सघाउंछौँ ।
जापानी जीवनशैली हेर्ने इच्छा तपाईंको परिवारका सदस्य, आफन्तजनलाई पनि पक्कै छ । तपाईं पनि आफ्ना प्रियजनलाई एकपटक कसरी भिजिट भिसामा बाेलाउने भन्ने सोचमा हुनुहुन्छ । नेपालदेखि आमाबुवा, आफन्तजनलाई जापान बोलाउन परेमा, उचित परामर्श र सहजीकरणका लागि हामीलाई सम्पर्क गर्नुहोस् ।
जापान सरकारले जापानमा बस्ने विदेशी नागरिकहरुद्वारा असुल गर्दै आइरहेको भिसा
जापानमा हालैका दिनमा व्याचलर भिसाको धेरै नै चर्चा परिचर्चा भइरहेको
पहिले मात्र होइन अहिले पनि नेपालमा विवाह गरिसकेका विवाहितहरु अविवाहित
कतिपय अवस्थामा जापानमा वच्चा जन्माएपछि शुरूमा के गर्ने भन्ने थाहा
जापानमा रहेर कति वर्ष भइसक्यो तर भिसा १ वर्ष भन्दा
हालैका दिनमा जापानी पासपोर्ट लिन चाहने विदेशीहरुको संख्या वृद्धि भएको
जापानमा हालैका दिनमा व्याचलर भिसाको धेरै नै चर्चा परिचर्चा भइरहेको छ । व्याचलर भिसा भनिए पनि यो गिजिनकोकु भिसा हो
जापानमा रहेर कति वर्ष भइसक्यो तर भिसा १ वर्ष भन्दा पाएकै छैन । एउटै कम्पनीमा कति वर्ष भइसक्यो काम गर्न
अघिल्लो हप्ता जापान सरकारको भिजिट भिसा सम्बन्धी महत्वपूर्ण निर्णयपछि अक्टोवर ११ तारिकदेखि ६८ देशका नागरिकहरुले अगाडि नै भिसा नलिएर सीधै
पासपोर्ट नवीकरणको लागि आवश्यक डकुमेन्ट तथा प्रकृयाहरू । (क) अहिलेको पासपोर्टको फोटो भएको पेज र ३१ नम्बरको पेजको कपी ।
जापानमा जन्मेका बच्चाको पहिलो पटक पासपोर्ट बनाउन पर्दा निम्न कुराहरू आवश्यक हुन्छ । (क) बच्चाको जाइर्यु कार्डको कपी । (ख)
सरकारले आजदेखि विद्युतीय राहदानी अर्थात् ई–पासपोर्ट जारी गरेको छ ।अहिले नेपालमा मेसिन रिडेबल पासपोर्ट (एमआरपी) चलनमा रहेको छ । राहदानी
जापान सरकारले जापानमा बस्ने विदेशी नागरिकहरुद्वारा असुल गर्दै आइरहेको भिसा लगायतका विविध किसिमका अध्यागमनका शुल्कहरुमा आगामी २०२५ अप्रिल १ तारिखदेखि
जापान सरकारले मूल्य वृद्धिका कारण महंगीको मारमा परेका न्यून आय भएका घरपरिवरालाई ५० हजार येनको दरले नगद सहयोग दिने योजना
नेपाली दूतावास टोकियोमा सेवाग्राहीको फोन उठ्दैन भन्ने गुनासोका बीच जापानका लागि नवनियुक्त राजदूत डा. दुर्गाबहादुर सुवेदीले टेलिफोन सेवा सहज बनाउन
हामी सम्पूर्ण तयारी गरिदिन्छौँ । एकपटक फोन गर्नुहोस् । नजिकै पायक पर्छ भने अफिसमै आउनुहोस् । छलफल गरेर अगाडि बढौंला ।
कुन देशमा जाने योजना हो ? त्यही अनुसारको तयारी गर्नुपर्ने हुन्छ । हामीले सम्पूर्ण डकुमेन्ट तयार गरिसकेपछि इमिग्रेसनले कति समयमा भिषा एप्रुभ गर्छ, त्यसमै भर पर्छ ।
देश अनुसार भिसा शुल्क फरक फरक छ । सोही अनुसार हाम्रो सेवा शुल्क पनि तय गरेका छौं । विस्तृत जानकारीको लागि फोनमा सम्पर्क गर्नुहोस् । अथवा अफिसमै आउनुहोस् ।
डकुमेन्टेसन मात्र हुन्छ । क्यानाडा, अस्ट्रेलिया वर्किङको लागि धेरै सेवाग्राहीहरूको डकुमेन्टेसन गरेको अनुभव छ ।
भिजिट गर्न समय, स्थान र यहाँको जापान बसाइ अनुसार हुने भएकोले विस्तृत परामर्शको लागि फोनमा नै सम्पर्क गर्नुहोस् ।
त्यो कुरा पनि स्वभाविकै हो तर कस्ता डकुमेन्टहरू बलिया हुन भन्ने आधारको छलफलको लागि फोनमा नै कुरा गर्नुपर्ने हुन्छ ।
साधरणतया तपाईंले ट्रान्सलेसनको लागि अर्डर गर्नुभएपछि अगाडि नै भुक्तानी गर्नुपर्ने हुन्छ । २ देखि ३ पेजसम्मको ट्रान्सलेसनको लागि तपाईंले भुक्तानी गर्नु भएपछि त्यसको २४ घण्टामा काम सम्पन्न हुनेछ । व्यस्तता अनुसार कतिपय अवस्थामा अझ छिटो पनि हुन सक्छ । तर बीचमा विदा परेमा त्यही अनुसार पछाडि पनि हुन सक्ने सम्भावना रहन्छ ।
ट्रान्सलेसन गर्नुपर्ने डकुमेन्टको पिडिएफ अथवा जेपिजी फाईल भाईवर अथवा ईमेलबाट पठाउनु भए हुन्छ ।
नेपालका सरकारी निकायहरूले जारी गरेको कागजातहरू जस्तैः नाता प्रमाणित, विवाह दर्ता, जन्मदर्ता लगायतका डकुमेन्टहरू जापानमा बुझाउनु पर्ने छ भने त्यसको ट्रान्सलेसन हुन्छ । त्यसो त जापानका सिटी अफिस अथवा कम्पनीहरूले जारी गरेको कुनै पनि जापानी भाषाका डकुमेन्टहरूको पनि ट्रान्सलेसन हुन्छ । जापानी, नेपाली, अंग्रेजी भाषाका डकुमेन्टहरू ट्रान्सलेसन गर्नुछ भने सम्पर्क गर्नुहोस् ।
अवश्य हुन्छ । अमेरिका, क्यानाडा, अस्ट्रेलिया, यूके लगायतका देशमा भिजिट तथा वर्किङ्ग भिसामा जानको लागि प्रोसेस गरिरहनु भएको छ । अथवा छोराछोरीहरुलाई विद्यार्थी भिसामा पठाउन तयारी भई रहेको छ भने उक्त ठाउँमा पेश गर्नको लागि पनि हामी मार्फत डकुमेन्टहरु ट्रान्सलेसन हुन्छ । धेरैले सेवा लिईसक्नु भएको पनि छ । त्यसैले तपाइँ पनि हाम्रो सेवा लिन सक्नुहुनेछ ।
अवश्य हुन्छ । धेरैले यो सेवा पनि लिईसक्नु भएको छ । इमिग्रेशनमा बुझाउनु पर्ने तपाइँले आफैले नेपाली भाषामा लेख्नु भएको अनुरोध पत्र, स्पष्टिकरण तथा अन्य कारण लगायतका कागजहरुको पनि जापानी भाषामा ट्रान्सलेसन गर्ने काम हुन्छ । त्यसको लागि पनि सम्पर्क गर्नुहोस् ।
जापानी पासपोर्ट अथवा एइज्यू लिनको लागि तपाइँले राम्रोसँग जापानी भाषामा कारण लेख्न सक्नु भएन भने तपाइँले नेपाली भाषामा लेख्नु भएको कारणहरुमा उचित परामर्श गरेर जापानी भाषामा लेखेर तयारी गर्ने काम पनि हुन्छ । एक पटक सम्पर्क गर्नुहोस् ।
रेष्टुरेण्टको लागि मेन्यु, खाम्बान, चिरासी पोइन्ट कार्ड, टिशर्ट, लोगो, वेभसाइट लगायतका डिजाइन सम्बन्धी सम्पूर्ण काम हुन्छ ।
डिजाइन र परिमाण हेरेर समय लाग्छ । तथापि आवश्यकता अनुसार छिटो पनि गर्न सकिने भएकोले सल्लाहको लागि सम्पर्क गर्नुहोस् ।
मेन्युको संख्या र साइज हेरेर फरक फरक हुन्छ । विस्तृत जानकारीको लागि फोन गर्नुहोस् अथवा कार्यालयमै आएर पनि सल्लाह गर्न सकिन्छ ।
डिजाइनको शुल्क नलाग्ने भएकोले पहिलो पटक जति लाग्दैन । प्रोसेसिङ शुल्क लाग्छ भने केही चेन्ज गर्नु भएको छ भने त्यसको पनि थाेरै रकम लाग्न सक्छ ।
पहिले पनि बनाइ राख्नु भएको छ भने त्यस्तैमा केही परिवर्तन गरेर बनाउन सक्नुहुनेछ । नयाँ बनाउने हो भने एउटा सेतो कागजमा चिरासीमा राख्ने कुराहरू लेखेर त्यसैलाइ फोटो खिचेर पठाउनुभयो भने त्यसैलाइ हेरेर निचोड निकाल्न सकिन्छ ।
खानाका फोटोहरू तपाईँहरूले नै उपलब्ध गराउनु पर्ने हुन्छ । त्यसो त हामी मार्फत खानाको फोटो खिचाउनु हुन्छ भने बेग्लै शुल्क लाग्नेछ । फोटो खिच्ने व्यवस्था पनि छ । मोबाइलले नै खिचेर पठाउनु भएको फोटो पनि प्रयोग गर्न सकिन्छ । तर डिजाइन आकर्षक बनाउँन फोटो क्वालिटीको हुनुपर्छ ।