जापान सरकारले भिसा शुल्कमा मूल्य वृद्धि गर्दै

News

Picture of Ritu Kumar Dura

Ritu Kumar Dura

जापान सरकारले जापानमा बस्ने विदेशी नागरिकहरुद्वारा असुल गर्दै आइरहेको भिसा लगायतका विविध किसिमका अध्यागमनका शुल्कहरुमा आगामी २०२५ अप्रिल १ तारिखदेखि लागू हुने गरी मूल्य वृद्धि गर्ने भएको छ ।
अप्रिल १ देखि लागू गरिने भनिएको भिसा शुल्कहरुमा बसोबास नवीकरण तथा स्टाटस परिवर्तनकोे अहिलेसम्म लिंदै आएको ४ हजार येनबाट वृद्धि गरेर ६ हजार येन लागू गर्ने भएको छ । त्यसो त अनलाईन आवेदन गरेको खण्डमा ५ हजार ५ सय येनमा गर्न सकिने जनाएको छ ।
त्यसैगरी एइज्यूको लागि ८ हजार येन देखि बढाएर १० हजार येन गरिने भएको छ । एइज्यू केनको लागि भने अनलाईन गरे पनि १० हजार येन नै लाग्ने भएको छ ।
त्यसैगरी रिइन्ट्री परमिट एक पटकको लागि ३ हजारबाट बढाएर ४ हजार येन बनाइने भएको छ भने अनलाईन एप्लाई गरेमा ३ हजार ५ सय येन लाग्नेछ । रिइन्ट्री परमिट मल्टिपलको ६ हजार येनबाट बढाएर ७ हजार येन गरिएको छ । अनलाईन एप्लाई गर्दा ६ हजार ५ सय लाग्ने बताइएको छ ।


रोजगार अनुमति प्रमाणपत्रको १ हजार २ सयबाट २ हजार गरिएको छ भने अनलाईन एप्लाई गरेमा १ हजार ६ सय लाग्नेछ ।
तोकुतेई किरोकुस्या कार्ड जारी गर्नको लागि २ हजार २ सयदेखि मुल्य बढाएर ४ हजार येन बनाइने भने त्यसको प्रतिलिपी निकाल्नको लागि १ हजार १ सयदेखि बढेर २ हजार लागू गरिने भएको छ ।

share :

Leave a Reply

Ready To Beat A Giant?

[ gi·ant ] /ˈjīənt/ : a very large company or organization.