जापानमा विदेशबाट वर्किङ्ग भिसामा सीधा आउनेहरुको लागि जापानी भाषा परीक्षा जेएलपिटीको २ लेवल पास गरेको हुनुपर्ने नियम बनाउन लागेको छ । भाषाको कारण काम गर्ने ठाउँमा विभिन्न खालका समस्याहरु भएकोले यो नियम लागू गर्न लागिएको बताईएको छ । हुन पनि धेरैजसो समस्याहरु भाषाको कारण नै हुने गरेको छ । भाषा नजानेपछि अरुले भनेको कुरा बुझ्न पनि गाह्रो हुने त भयो नै आफ्नो मनमा लागेको कुरा भन्न पनि नसकिने हुन्छ । त्यसैले यो नियम लागू गर्न लागेको सही भएको कुरा जानकारहरु बताउँछन् ।

विदेशबाट सीधै काम गर्न आउने तयारीमा रहेका धेरैजसोलाई यो नियमले प्रभाव पार्ने देखिन्छ । एन २ लेवल भनेको निकै नै उपल्लो लेवल हो । त्यसो त यो लेवलसम्म विदेशमा पढेर आउनको लागि समय र मेहनत निकै गर्नपर्दछ । विद्यार्थी भिसामा जापान आएर पनि २ लेवलको भाषा पास गर्न फलामको चिउरा जत्तिकै भएको बेलामा नेपालबाट सीधै २ लेवलको भाषा पास गरेर मात्र आउने पाउने भनेको चानचुने कुरा होइन । हुन त मेहनत गरे असम्भव भन्ने केही छैन । आजैबाट शुरु गरौं ।***
—




