नेपालमा विवाह गरेर पनि अनम्यारिड लेखेर आउँदा समस्या हुन सक्छ…

Blogs

Picture of Ritu Kumar Dura

Ritu Kumar Dura

पहिले मात्र होइन अहिले पनि नेपालमा विवाह गरिसकेका विवाहितहरु अविवाहित लेखाएर विद्यार्थी भिसामा जापान आउने क्रम जारी नै छ । कहाँबाट कसले र के कसरी यसको हल्ला चलाए त्यसको जरो भने कसैलाई थाहा छैन । समस्यामा परेपछि मात्रै भित्री कुराहरु बाहिर निस्कन्छन । किन त्यसो हुन गयो त ? भन्ने प्रश्नमा सबैको साझा उत्तर भनेकै विवाहित भन्यो भने जापानले विद्यार्थी भिसा दिंदैन भनेर त्यसो गरेको भन्छन् । तर वास्तविकतामा भने त्यो सरासर गलत हो । उच्च शिक्षा हासिल गर्न जापान आउन चाहने जो कसैलाई पनि विवाह गरेको हो या होइन भन्ने कुरा खानतलासी गर्दैन । त्यसो त विवाह गरेर छोराछोरीका बाबुआमा बनिसकेकाहरु पनि विद्यार्थी भिसामा जापान आएर पढाई पुरा गरेपछि तुरुन्तै परिवार बोलाएर जापानमा नै सेटल भएकाहरु पनि प्रशस्तै छन् ।

जसले विवाह गरेको भएर पनि अविवाहित लेखाएर जापान आए उनीहरुले कस्ता समस्या भोग्न परे त ? केही उदाहरणहरु हेर्नुहोस् ।

विवाह गरेर छोरी समेत पाइसकेका पोखराका रामवहादुर ‍(नाम परिवर्तन) ले जापान आउने बेलामा अनम्यारिड लेखाए । जापानको भिसा पाउन सजिलो हुन्छ भनेर उनलाई नेपालस्थित कन्सल्टेन्सीले नै अनम्यारिड लेख्न सल्लाह दिएकोले उनले सोही अनुसार गरेको बताए । अनम्यारिड लेखेको कारण उनले जापानको भिसा पाएका हुन या होइनन् त्यो उनलाई थाहा भएन । तर विवाह गरेर पनि अनम्यारिड लेखेर आएको हुनाले अहिले उनको श्रीमतीको डिपेन्डेन्ट भिसा पाउन गाह्रो भएको हो भन्ने कुरा उनले अडकाल काटे । दुइपटकसम्म एप्लाई गरिसके तैपनि उनको श्रीमतीको लागि अनुमति पाएनन् । धेरैपटक कारण सोध्न गएका उनलाई एकदिन इमिग्रेसनमा भित्र नै बोलाएर ‘उसो वा जेत्ताई दामे’ भनेर पठाइदिए । यतिबेला उनी अब के गर्ने भनेर सोचेरै दिन काटेका छन् ।

उनी मात्र होइनन् काठमाण्डौका प्रकाश (नाम परिवर्तन) पनि विवाह गरेका अनम्यारिड हुन् । उनलाई पनि अनम्यारिड लेख्यो भने जापानको सजिलै भिसा पाईन्छ भनेर नै अनम्यारिड लेख्न लगाइएको थियो । पढाई सकेर अहिले काम गर्न थालेका उनी जापान आएदेखि घर फर्केका छैनन् । जापान आउँदा अविवाहित लेखेर आएका उनले अहिले श्रीमतीको डिपेन्डेन्ट भिसा एप्लाई गर्न नै नमिलेपछि यताउति सल्लाहको लागि भौंतारिइरहेका छन् । विचमा नेपाल पनि नफर्केकोले अहिले श्रीमती छ भन्दा सीधै ढाँटेको भैहाल्ने कुरा उनी बताउँछन् । विवाह गरेर छोरी समेत रहेको उनको कागजपत्र सच्याउने ठाउँ नै छैन । उनी अहिले निकै पश्चातापमा छन् । नेपालको कन्सल्टेन्सीहरुले के आधारमा त्यसरी अविवाहित लेख्न लगाए उनीहरुजस्ता धेरैलाई अझै थाहा छैन ।

यी माथिको उदाहरण घटनामात्र हो तर यस किसिमको समस्यामा परेकाहरु धेरै छन् । नेपालमा विवाह गरेर छोराछोरी भैसकेर पनि अविवाहित लेखेर जापान आउनेहरु धेरै नै भएको अनुमान गरिन्छ । यो भनेको नेपालको कन्सल्टेन्सीको गलत सर-सल्लाह हुन सक्ने जानकारहरू बताउँछन् । अहिलेसम्म कतिपय यसरी आउनुभयो त्यो भै नै हाल्यो तर अहिले नेपालमा रहेर जापान आउने तयारी गरिरहनु भएको छ भने जे सही हो त्यही नै लेख्नुहोस् । यस्तो व्यक्तिलाई भिसा पाउन सजिलो हुन्छ उस्तो व्यक्तिलाई सजिलो हुन्छ भन्ने नै हुँदैन । भिसा पाउन त त्यो व्यक्तिलाई सजिलो होला जसले सही जे हो त्यही नै लेख्छ र पछि भविष्यमा पनि दुःख पाउँदैन् । त्यसैले यी कुराहरुमा निकै सतर्क हुनुहोस् कि आफले हेरेर मात्र फर्म भर्नुस् अनि बुझाउनुस् ।

share :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Ready To Beat A Giant?

[ gi·ant ] /ˈjīənt/ : a very large company or organization.