जापानदेखि पासपोर्ट नवीकरण

Information

Picture of admin_asp

admin_asp

पासपोर्ट नवीकरणको लागि आवश्यक डकुमेन्ट तथा प्रकृयाहरू ।

(क) अहिलेको पासपोर्टको फोटो भएको पेज र ३१ नम्बरको पेजको कपी । (अपलोड गर्न पर्ने भएकोले नकाटिएको, नछोपिएको र नटल्किएको)

(ख) नागिरकताको अगाडि र पछाडिको कपी । (नागरिकता साथमा नभएको अवस्थामा कपीले मात्र पनि प्रकृया हुन्छ)

(ग) अन्य आवश्यक विवरणहरूः

  • प्रदेशको नाम
  • पासपोर्ट बनाउने व्यक्तिको बाबु र आमाको नामः (रोमनमा लेख्नु)
  • जिल्लाको नाम
  • गाउँपालिका तथा नगरपालिका
  • टोलको नाम
  • वडा नम्बरः
  • नेपालको एउटा फोन नम्बर (परिवारको जसको भए पनि हुन्छ)
  • जापानको फोन नम्बर
  • भएमा इमेल ठेगाना

भएमा इमेलनोटः संघीयताले गर्दा फेरिएको आफ्नो नयाँ ठेगाना सबैले थाहा पाइ राखाैं । सोही अनुसार पासपोर्ट बनाउनु पर्ने हुन्छ ।
केही नबुझेमा, केही सहयोग चाहिएमा 080-7629-1500 मा फोन गर्नुहोस् ।

share :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Ready To Beat A Giant?

[ gi·ant ] /ˈjīənt/ : a very large company or organization.