जापानमा जन्मेको बच्चाको पासपोर्ट बनाउन

Information

Picture of admin_asp

admin_asp

जापानमा जन्मेका बच्चाको पहिलो पटक पासपोर्ट बनाउन पर्दा निम्न कुराहरू आवश्यक हुन्छ ।

(क) बच्चाको जाइर्यु कार्डको कपी ।

(ख) बच्चाको बाबा र आमाको नागरिकताको अगाडि पछाडिको कपी ।

(ग) बच्चाको बाबा र आमाको पासपोर्टको कपी ।

(घ) बच्चाको जन्म दर्ता गरेको सिटी अफिसबाट निकालेको ताेदोकि ज्यूरी स्योउमेइस्यो ।

(ङ) बच्चाको बाबा र आमाको विवाह दर्ता ।

(च) तोकिएको साइजमा तोकिएको मापदण्ड पुरा भएको रंगीन फोटो एक प्रति ।

(छ) नेपाल सरकारले तोकेको राजस्व दस्तुर । (हालः १५००० येन)

प्रि-इनरोलमेन्ट फारम भर्दा आवश्यक अन्य विवरणहरूः

  • प्रदेशको नाम
  • पासपोर्ट बनाउने व्यक्तिको बाबु र आमाको नामः (रोमनमा लेख्नु)
  • जिल्लाको नाम
  • गाउँपालिका तथा नगरपालिका
  • टोलको नाम
  • वडा नम्बरः
  • नेपालको एउटा फोन नम्बर (परिवारको जसको भए पनि हुन्छ)
  • जापानको फोन नम्बर
  • भएमा इमेल ठेगाना

भएमा इमेलनोटः संघीयताले गर्दा फेरिएको आफ्नो नयाँ ठेगाना सबैले थाहा पाइ राखाैं । सोही अनुसार पासपोर्ट बनाउनु पर्ने हुन्छ ।
केही नबुझेमा, केही सहयोग चाहिएमा 080-7629-1500 मा फोन गर्नुहोस् ।

share :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Ready To Beat A Giant?

[ gi·ant ] /ˈjīənt/ : a very large company or organization.