जापानमा वच्चा जन्माएपछि शुरूमा के गर्ने ?

Blogs

Picture of admin_asp

admin_asp

कतिपय अवस्थामा जापानमा वच्चा जन्माएपछि शुरूमा के गर्ने भन्ने थाहा नहुन सक्छ । वच्चा जन्मेपछि शुरूमा के प्रकृया गर्ने ? कति दिन भित्र गर्ने ? भन्ने जस्ता साधारण कुराहरू थाहा नहुन पनि सक्छ । विदेशमा वच्चा जन्माउँदै हुनुहुन्छ र त्यसमा पनि पहिलो पटक हो भने अझ धेरै कुराहरूले चिन्तित बनाउन पनि सक्छ । त्यसो त गर्भवती भएदेखिकै गर्नुपर्ने कुराहरू बढेर जानु स्वाभाविकै हो । गर्भवती महिला र पेटमा हुर्कंदै गरेको वच्चाको स्वास्थ्य र सुरक्षित सुत्केरीको विषयमा अपनाउनु पर्ने सावधानीहरू पनि हुन्छन । ती चरणहरू पार गरेर जव वच्चा जन्मन्छ त्यसपछि वडा कार्यलयमा गर्नु पर्ने दर्ताका प्रकृयाहरू, भिसा प्राप्ति र पासपोर्ट बनाउने कुराहरू हुन्छन् ।

कतिपयले बच्चा जन्मेर महिनाैं पुग्दा पनि भिसाको प्रकृया नगरेको पाईएको छ । वच्चा जन्मनासाथ अस्पतालले दिएको कागजपत्र सहित सबैभन्दा पहिले आफू बसेको वडा अफिसमा गएर बच्चाको जन्म दर्ता गराउनुहोस् । जापानीमा स्यूउसेई तोदोके गर्ने भनेर भनिन्छ । वच्चाको बाबा अथवा आमाद्वारा जन्मदर्ता गरिन्छ अनि तपाईको परिवारमा वच्चाको नाम थपिन्छ । यो काम १४ दिन भित्र गरिसक्नुपर्छ । यो बच्चा जन्मेपछि शुरूमा गर्नुपर्ने प्रकृया मध्येको पहिलो काम हो । त्यसपछि अर्को काम भनेको भिसा लिने प्रकृया हो । बच्चा जन्मेपछि ३० दिन भित्र वच्चाको भिसाको लागि प्रकृया गर्नु पर्दछ । जन्मेपछि ६० दिन कटेर पनि जापानमा नै बस्ने योजना हो भने यो प्रकृया ३० दिन भित्र गर्नुहोस् । भिसा प्राप्त गर्नको लागि प्रकृया गर्नु भएन भने वच्चा ओभरस्टे हुन जान्छ । भिसाको लागि एकप्रति फारम भरेर आवश्यक डकुमेन्ट सहित नजिकको अध्यायगमन (इमिग्रेसनमा) गएर पेश गर्नु भयो भने सजिलै भिसा प्राप्त गर्न सकिन्छ ।

त्यसो त वडा अफिसमा वच्चाको जन्मदर्ता गर्ने समयमा कतिपय वडा अफिसले भिसाको लागि प्रकृया गर्न सुझाएका पनि हुन्छन । वडा अफिसले दिएको डकुमेन्ट र अन्य आफ्नै डकुमेन्टहरू पेश गर्नुपर्दछ । बच्चाको पहिलो पटक भिसा लिनको लागि पासपोर्ट आवश्यक पर्दैन । कतिपयलाई पासपोर्ट नभए भिसा एप्लाई हुंदैन भन्ने लागेर पासपोर्ट वनाउने हतार गर्नु हुन्छ तर त्यसो होईन । पासपोर्ट भनेको यात्राको लागि चाहिने भएकोले केही समय पछि वनाउँदा पनि फरक पर्दैन । पासपोर्ट बनाउँदा बच्चाको फोटो पनि चाहिने हुनाले वच्चा अलि ठूलो भएर आँखा सीधा र राम्रोसंग हेर्न सक्ने भएपछि बनाउँदा पनि हुन्छ । कतिपयले बच्चा जन्मिएपछि तुरून्तै नेपाल पठाउन चाहनुहुन्छ । त्यो अवस्थामा भने पासपोर्ट बनाउने अथवा ट्राभल डकुमेन्ट बनाएर नेपाल पठाउन सकिन्छ । पासपोर्ट अथवा ट्राभल डकुमेन्ट बनाउँदा गर्नुपर्ने प्रकृया बेग्लै छ । तर सबैभन्दा पहिले बच्चा जन्मेपछि वडा अफिसमा जन्मदर्ता र भिसाको लागि प्रकृया गर्नुहोस् ।

भिसा एप्लाई गर्दा पेश गर्नुपर्ने कागजपत्रहरू निम्न छन ।

(१) जन्मदर्ता प्रमाणपत्र (कुयाकुस्यो अथवा सियाकुस्योबाट प्राप्त गर्न सकिन्छ)
(२) भिसा प्राप्त गर्ने अनुमतिको फारम
(३) बच्चा जसको डिपेन्डेन्टमा रहने हो (वावा/आमा) को काम गर्ने कम्पनीबाट प्राप्त गरिने जाइस्योकु स्योउमेइस्यो
(४) ज्युमिन ह्योउ
(५) खाजेइ/नोजेइ (कतिपय अवस्थामा नराखेर पनि प्रकृया गरिएको पाइएको छ)
(६) घरमूलीको पासपोर्टको कपी
(७) घरमूलीको जाइर्यू कार्डको कपी

माथिका कुराहरू लिएर समयमा नै इमिग्रेसनमा गई भिसा एप्लाई गरी बच्चाको जाइर्यु कार्ड प्राप्त गर्नुहोस् ।

share :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Ready To Beat A Giant?

[ gi·ant ] /ˈjīənt/ : a very large company or organization.