नेपाली दूतावास टोकियोमा हटलाईन सेवा संचालन गर्ने तयारी

News

Picture of admin_asp

admin_asp

नेपाली दूतावास टोकियोमा सेवाग्राहीको फोन उठ्दैन भन्ने गुनासोका बीच जापानका लागि नवनियुक्त राजदूत डा. दुर्गाबहादुर सुवेदीले टेलिफोन सेवा सहज बनाउन हटलाईन संचालन हुने बताउनु भएको समाचार छ । दूतावासमा सेवाग्राहीले फोन गर्दा झंझट रहेको गुनासोलाई सम्वोधन गर्न जतिवेलापनि कुराकानी गर्न दूतावास हटलाईन सेवा संचालन गर्ने तयारी गरेको पत्रकारहरूसँगको एक भेटघाटमा उहाँले बताउनु भएको हो । त्यसैगरी जापानवासी नेपालीहरुको विविध समस्या समाधानका लागि तथ्याङ्क संकलन सुरु गर्ने पनि जानकारी दिनुभएको समाचार छ ।

हालै राजदूतलाई स्वागत गर्न पुगेका नेपाल पत्रकार महासंघ जापान शाखाका पदाधिकारी सहित संचारकर्मीहरुसंग कुराकानी गर्दै राजदूत सुवेदीले आफु जापानवासी नेपालीहरुको अभिभावक भएकाले सवैको यथावस्था जानकारी राख्न तथ्याँक संकलन आवश्यक रहेको उल्लेख गर्नुभएको हो । नेपाल र जापानबीचको सम्वन्धलाई थप नयाँ उचाईमा पुर्याउने, जापानवासी नेपाली तथा जापानी नागरिक स्तरमा धार्मिक, साँस्कृतिक, व्यवसायिक सहित बहुआयामिक सहयोग तथा सदभाव कायम राख्दै यसलाई नयाँ तवरले सम्वन्ध बलियो बनाउन पहल गर्ने पनि योजना रहेको जानकारी दिनुभयो । यसैगरी सरकारी स्तरबाट नेपालको फोहोर मैला व्यवस्थापन र विपद व्यवस्थापनका लागि सहयोग जुटाउन औपचारिक रुपमा कुराकानी अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको समाचार छ ।

स्मरण रहोस् यस प्रतिभा राणा राजदूत भएर जापान आउँदा एक कार्यक्रममा केही समयमा नै नेपाली दूतावासको आफ्नै भवन खरीद गर्न हरसम्भव प्रयास गर्ने बताउनु भएको थियो । तर कतिसम्म प्रयास भयो र प्रकृया कहाँसम्म पुग्यो त्यसको भने कुनै जानकारी अहिलेसम्म कहीं कतै सार्वजनिक भएको छैन ।

share :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Ready To Beat A Giant?

[ gi·ant ] /ˈjīənt/ : a very large company or organization.