जापान सरकारले भिसा शुल्कमा मूल्य वृद्धि गर्दै

News

Picture of admin_asp

admin_asp

जापान सरकारले जापानमा बस्ने विदेशी नागरिकहरुद्वारा असुल गर्दै आइरहेको भिसा लगायतका विविध किसिमका अध्यागमनका शुल्कहरुमा आगामी २०२५ अप्रिल १ तारिखदेखि लागू हुने गरी मूल्य वृद्धि गर्ने भएको छ ।
अप्रिल १ देखि लागू गरिने भनिएको भिसा शुल्कहरुमा बसोबास नवीकरण तथा स्टाटस परिवर्तनकोे अहिलेसम्म लिंदै आएको ४ हजार येनबाट वृद्धि गरेर ६ हजार येन लागू गर्ने भएको छ । त्यसो त अनलाईन आवेदन गरेको खण्डमा ५ हजार ५ सय येनमा गर्न सकिने जनाएको छ ।
त्यसैगरी एइज्यूको लागि ८ हजार येन देखि बढाएर १० हजार येन गरिने भएको छ । एइज्यू केनको लागि भने अनलाईन गरे पनि १० हजार येन नै लाग्ने भएको छ ।
त्यसैगरी रिइन्ट्री परमिट एक पटकको लागि ३ हजारबाट बढाएर ४ हजार येन बनाइने भएको छ भने अनलाईन एप्लाई गरेमा ३ हजार ५ सय येन लाग्नेछ । रिइन्ट्री परमिट मल्टिपलको ६ हजार येनबाट बढाएर ७ हजार येन गरिएको छ । अनलाईन एप्लाई गर्दा ६ हजार ५ सय लाग्ने बताइएको छ ।


रोजगार अनुमति प्रमाणपत्रको १ हजार २ सयबाट २ हजार गरिएको छ भने अनलाईन एप्लाई गरेमा १ हजार ६ सय लाग्नेछ ।
तोकुतेई किरोकुस्या कार्ड जारी गर्नको लागि २ हजार २ सयदेखि मुल्य बढाएर ४ हजार येन बनाइने भने त्यसको प्रतिलिपी निकाल्नको लागि १ हजार १ सयदेखि बढेर २ हजार लागू गरिने भएको छ ।

share :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Ready To Beat A Giant?

[ gi·ant ] /ˈjīənt/ : a very large company or organization.