विजनेश भिसाको नियममा कडाई गरिने, पूँजी ५० लाख येनबाट ३ करोड येन

Information-News

Picture of Ritu Kumar Dura

Ritu Kumar Dura

जापानमा आफ्नै एउटा कम्पनी होस्, त्यसैगरी उक्त कम्पनीको मातहतमा सानोतिनो व्यवसाय अथवा पसल होस् । आफैले जानेको व्यवसाय गरेर गुजरा चलाउँ भन्ने सोच्नु भएको छ भने अबका दिनमा आर्थिक रुपमा बलियो तयारी गर्नुपर्ने देखिएको छ । यतिखेर चर्चामा आएको ५ सय मान अथवा ५० लाखको पूँजी बढाएर ३ हजार मान अथवा ३ करोड बनाउने नियमको मस्यौदा हालै सार्वजनिक भएको छ ।


जापानमा व्यवसाय गर्न इच्छुक विदेशी नागरिकले अहिलेसम्म ५ सय मानको पूँजी देखाएपछि व्यवासय स्थापना गर्न सकिने मापदण्डलाई परिवर्तन गरेर हालको भन्दा ६ गुणा बढाई ३ करोड येन वा सो भन्दा बढी हुनुपर्ने कानून कार्यान्वयनको लागि मस्यौदा सार्वजनिक भएको हो । यसको मुख्य उद्देश्य चिनियाँ नागरिकहरु लगायत जसले विदेशमा रहेर सीधै विजनेश म्यानेजर भिसा प्राप्त गरी जापान प्रवेश गर्ने गरेकाहरुलाई नियन्त्रण गर्ने लक्ष्य राखिएको छ । त्यसो त जापानमा रहेर सानो लगानी गरी आफ्नै व्यवसाय गर्न चाहने अन्य मुलुकका नागरिकहरुलाई पनि व्यवसाय शुरु गर्न हम्मेहम्मे पार्ने अनुमान गरिएको छ । हालको प्रणाली अनुसार ५० लाख येन वा सो भन्दा बढी पूँजी र २ जनाभन्दा बढी स्थायी कर्मचारीको व्यवस्था गरी जापानभित्र कार्यालय स्थापना गरेपछि अधिकतम ५ वर्ष बस्न पाउने व्यवस्था रहेको र नयाँ मस्यौदा अनुसार पूँजीको रकम बढाईने मात्र नभई १ जना वा सो भन्दा बढी स्थायी कर्मचारी अनिवार्य राख्नु पर्नेछ । यसको साथै अनुभव र शैक्षिक योग्यताको मापदण्ड पनि थपिएको छ । ३ वर्ष वा सो भन्दा बढी व्यवस्थापन तथा प्रशासनिक अनुभव भएको अथवा व्यवस्थापन तथा प्रशासनिक विषयमा स्नाकोत्तर गरेको प्रमाणपत्र आवश्यक हुनेछ ।
मस्यौदामाथिको छलफलमा कुनै रोकावट नआएमा अक्टोवरको मध्यतिरबाट लागू गर्ने योजना रहेको समाचारहरु जापानी संचार माध्यमहरुमा प्रकाशित छ । यसले साँच्चिकै व्यवसाय गर्ने उद्देश्य नभई, कम्पनी दर्ता गरेर भिसा धान्ने र अन्य काम गर्ने गरेकाहरुलाई नियन्त्रण गर्ने पनि योजना रहेको बुझिएको छ । कतिपयले कागजमा मात्र विजनेश देखाएर भिसा लिने गर्ने गरेको पनि पाइएकोले यो नियम कडारुपमा ल्याउन लागिएको बताइएको छ ।***

share :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Ready To Beat A Giant?

[ gi·ant ] /ˈjīənt/ : a very large company or organization.