जापान सरकारले न्यून आय भएका घरपरिवारलाई सहयोग गर्ने

News

Picture of Ritu Kumar Dura

Ritu Kumar Dura

जापान सरकारले मूल्य वृद्धिका कारण महंगीको मारमा परेका न्यून आय भएका घरपरिवरालाई ५० हजार येनको दरले नगद सहयोग दिने योजना बनाइरहेको छ । महंगीबाट राहत दिनका लागि सरकारले यो योजना ल्याउन लागेको समाचार जापानी संञ्चार माध्यमहरुले समाचार छापेका छन् । आवासीय कर छूट दिइएका घरपरिवारहरु यो योजनाका लागि योग्य हुने बताइएको छ ।

रुसले युक्रेनमा आक्रमण गरेयता विश्व बजार आकाशिएको इन्धनको मूल्य र कमोडिटिजको भाउमा भएको वृद्धिको मारमा यिनीहरु नै बढी पर्ने देखिएको छ । यो योजनाका लागि सरकारले चालु आवको सञ्चिति कोषको पैसा चलाउने विचार गरिरहेको छ । नगद वितरण योजनाका लागि करीब ९ खर्ब येन खर्च लाग्ने स्रोतको भनाइ छ ।

अमेरिका र यूरोपेली संघको तुलनामा न्युन भएपनी हालैका महीनामा जापानमा महँगी बढिरहेको छ । कोरोना भाइरसको महामारीबाट सुस्त पुनःबहालीबीच तलब वृद्धि सुस्त रहेको समयमा महँगीले उपभोक्ताहरुको मनोबल नै खस्काउने हो कि भन्ने जोखिम बढिरहेको छ । कोरोना भाइरसको महामारीबाट सर्वसाधारणहरुलाई राहत दिन सरकारले यस अघि विदेशी समेत गरेर सबै नागरिकलाई १ लाख येन नगद वितरण गरेको थियो ।

share :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Ready To Beat A Giant?

[ gi·ant ] /ˈjīənt/ : a very large company or organization.